ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
अन्तर्राष्ट्रिय | 2026 Mar 18

इरानविरुद्ध अमेरिकी-इजरायली सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको छ’ : ट्रम्प

The Gorkhali Times

इरानविरुद्ध अमेरिकी-इजरायली सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको छ’ : ट्रम्प
इरानविरुद्ध अमेरिकी-इजरायली सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको छ’ : ट्रम्प

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाही “राम्ररी अघि बढिरहेको” बताएका छन्। उनले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार प्राप्त गर्न नदिनुपर्ने चेतावनीसमेत दिएका छन्।

मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले हालसम्मका आक्रमणबाट इरानलाई ठूलो क्षति पुगेको दाबी गरे। उनका अनुसार अहिलेको बमबारीबाट भएको क्षतिलाई पुनःनिर्माण गर्न इरानलाई कम्तीमा १० वर्ष लाग्नेछ। “हामीले राम्रो काम गरेका छौं। उनीहरू अहिले नै पछि हटे पनि क्षति पूर्ति गर्न दशक लाग्छ,” उनले भने।

ट्रम्पले भविष्यमा यस्तो अवस्था फेरि नदोहरियोस् भन्ने सुनिश्चित गर्न थप कडा र स्थायी कदम आवश्यक रहेको पनि उल्लेख गरे। उनले इरानमाथि थप दबाब कायम राख्नुपर्ने धारणा व्यक्त गरे।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरान क्षेत्रमा सक्रिय विभिन्न मिलिसिया समूह र आतंकवादी संगठनहरूबाट खतरा रहेको भन्दै त्यस्ता समूहहरूलाई निस्तेज पार्न आवश्यक रहेको बताए। “त्यहाँ धेरै आतंकवादी गतिविधि छन, हामीले भेटिएसम्म त्यस्ता समूहहरूलाई समाप्त गर्नुपर्छ,” उनले भने।

अमेरिकी र इजरायली फौजले हाल इरानका सैन्य संरचना तथा मिसाइल अड्डाहरूमा लक्षित आक्रमण जारी राखेका छन्। अमेरिकी सेनाले इरानको हर्मुज जलमार्ग मध्य नजिकैका कडा संरचनायुक्त मिसाइल अड्डाहरूमा ५,००० पाउन्ड तौलका ‘डीप पेनेट्रेटर’ बम प्रयोग गरी आक्रमण गरेको जनाएको छ।

हाल मध्यपूर्व क्षेत्रमा तनाव चर्किँदै गएको छ भने यसले अन्तर्राष्ट्रिय सुरक्षा र ऊर्जा आपूर्तिमा समेत प्रभाव पार्न सक्ने चिन्ता बढ्दै गएको छ। 

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times