समाचार
|
2026 Aug 12
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ
The Gorkhali Times
काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई बुधवार बेलुका नख्खुबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीका अनुसार जनआस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसद र एक महिलाको विषयमा जनआस्थाको अनलाइन संस्करण जनआस्था डटकममा प्रकाशित भएको समाचारबारे उजुरी परेको थियो।
वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको भन्दै परेको सोही उजुरीको आधारमा श्रेष्ठलाई बुधवार बेलुका उनकै घरबाट पक्राउ गरेको काठमाडौंका एक प्रहरी अधिकृतले पूष्टी गरे।