ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
राजनीति | 2026 Jul 28

सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह

The Gorkhali Times

सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह
सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लाहरूमा हालै भएको संवेदनशील तथा दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्ति, सामाजिक सद्भाव र संयमता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।


मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले रास्वपाले स्थिति सामान्य बनाउन नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण गरिरहेको उल्लेख गरेका छन्।


साथै, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गर्न, दोषीमाथि कडा कानुनी कारबाही, पीडितलाई उचित न्याय, क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
लामिछानेले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नभएको उल्लेख गर्दै नेपालको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।


उनले नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवालालाई साम्प्रदायिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन तथा अफवाह र उत्तेजनाको पछि नलाग्न आग्रह गरेका छन्।
रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै संवादमार्फत् समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको जनाएको छ।
सभापति लामिछानेले उक्त संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्षसँग विशेष आग्रह गरेका छन्।


साथै, रास्वपाका स्थानीय समिति तथा पार्टीका सम्पूर्ण सदस्यलाई प्रभावित क्षेत्रमा शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएका छन्।

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times