ताजा समाचार
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA | तास खेल्ने १३ जना पक्राउ | वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व | भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा | आज बालेन शाह प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै | ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक | महिला टी–२० क्रिक्रेट : सिक्किम स्पोर्टिङ क्लब विजयी | मूल्य आकाशिएसँगै भियतनामले घटायो पेट्रोल–डिजेलमा लगाइएको कर | आज गगन थापाको अध्यक्षतामा काँग्रेसको बैठक बस्ने | थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने | पितृशोकमा रहेका ओलीलाई भेट्न किन गएनन् बालेन? | राष्ट्रिय महिला लिग आजदेखि | गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान | इरानविरुद्ध अमेरिकी-इजरायली सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको छ’ : ट्रम्प | ‘ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्छौँ’ |
अन्तर्राष्ट्रिय | 2026 Mar 04

इरानमाथि अमेरिका र इजरेलको आक्रमण कति लम्बिन सक्छ

The Gorkhali Times

इरानमाथि अमेरिका र इजरेलको आक्रमण कति लम्बिन सक्छ
इरानमाथि अमेरिका र इजरेलको आक्रमण कति लम्बिन सक्छ

अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानीहरूले सरकार ढाल्ने समय आएको बताएका छन्।

इरानले पनि क्षेप्यास्त्र र ड्रोन आक्रमणमार्फत् प्रतिक्रिया जनाएको छ। उसको निसानामा इजरेल, बाहरेन, कुवेत, कतार, यूएई, जोर्डन, साउदी अरब, साइप्रस र स्ट्रेट अफ हर्मुजबाट पार हुने पानीजहाजहरू छन्।

इरानको समर्थनमा लेबननमा सक्रिय शीआ मुस्लिम समूह पनि यो युद्धमा सामेल भएर लेबननबाट इजरेलतर्फ रकेटहरू प्रहार गरिरहेको छ।

जबाफमा इजरेलले पनि लेबननमा रहेका हिज्बुल्लाहका अखडाहरूमा आक्रमण गरेको छ।

यसमा हामीले यो युद्ध कसरी सुरु भयो, त्यसबाट मध्यपूर्व कसरी प्रभावित बन्यो अनि द्वन्द्व कति समयसम्म लम्बिन सक्छ भनेर चर्चा गरेका छौँ।

इरानमा के भइरहेको छ ?

अमेरिका र इजरेलले शनिवार इरानका क्षेप्यास्त्र पूर्वाधार, सैनिक इलाका र वरिष्ठ नेताहरूलाई लक्षित गरेर व्यापक आक्रमण गरे।

सन् १९८९ देखि निरन्तर इरानको नेतृत्व गरिरहेका खामेनेई पहिलो चरणको आक्रमणमै मारिए।

इजरेली सेना आईडीएफले खामेनेईसँगै इरानका दर्जनौँ वरिष्ठ अधिकारीहरू र इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी)का शक्तिशाली व्यक्तिहरू पनि मारिएका जनाएको छ।

इरानको रक्षा परिषद्‌का सचिव अली शाम्खानी, रक्षामन्त्री ब्रिगेडिअर जनरल अजीज नसीरजादेह तथा आईआरजीसीका कमान्डर जेनरल मोहम्मद पकपोरसहित मारिएका सात वरिष्ठ सुरक्षा अधिकारीहरूको नाम इजरेलले सार्वजनिक गरेको छ।

आईआरजीसीको नयाँ प्रमुखमा अहमद बाहिदी चयन भएका छन्।

मङ्गलवारसम्म इरान इन्टरनेट नेटवर्कबाट सम्पर्कमा छैन भने उसको हवाई मार्ग पनि बन्द छ।

इरानको सेनाले पनि जबाफी आक्रमणहरू जारी राखेको छ।

राजधानी तेहरानसहितका ठाउँमा आक्रमण जारी राखेका अमेरिका र इजरेलले इरानको जलसेनाको मुख्यालय ध्वस्त बनाएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।

ट्रम्पले आफूहरूको आक्रमणको उद्देश्य ‘इरानले परमाणु अस्त्र तयार नगर्ने सुनिश्चित गर्न’ भएको बताएका छन्।

‘हामीले उनीहरूको क्षेप्यास्त्र नष्ट गरेर त्यसको उद्योग नै ध्वस्त बनाउने हो,’ ट्रम्पले भनेका छन्।

ट्रम्पले अर्को कुरा पनि गरेका छन्। उनले इरानीहरूलाई आफ्नो सरकार ढाल्न आह्वान गरेका छन्।

इरानले आफ्नो परमाणु कार्यक्रमबारे नयाँ सम्झौता नगरे सैन्य कारबाही भोग्नुपर्ने हप्तौँ लामो अमेरिकी चेतावनीपछि यो बृहत् आक्रमण चलिरहेको छ। इरानले चाहिँ आफ्नो परमाणु गतिविधि पूर्णतः शान्तिपूर्ण कामका लागि भएको बताएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानी सत्ताका सुरक्षा उपकरण निष्क्रिय बनाएर तत्काल चुनौती देखिएका क्षेत्रलाई प्राथमिकीकरण गरिने बताएको छ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू ूइरानको आतङ्कवादी सत्ताबाट उत्पन्न अस्तित्वको जोखिम हटाउनू कारबाही सुरु गरिएको बताउँछन्।

इरानले कसरी प्रतिकार गरिरहेको छ ?

इरानले इजरेलसहित अमेरिकासँग सम्बन्ध भएका मध्यपूर्वका विभिन्न देशहरूमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

आईआरजीसीले तेल अभिभ र अन्य स्थानमा रहेका इजरेली सरकार र सेनाका इलाका लक्षित आक्रमण गरिएको बताएको छ।

यूकेको रक्षा मन्त्रालयले साइप्रसमा रहेको ब्रिटिश सेनाको एअर बेसमा ड्रोन आक्रमण भएको जनाएको छ।

ओमान र साउदी अरबसहित अमेरिकी सेनाका एअर बेस रहेका बाहरेन, कतार, यूएई र कुवेत पनि निसानामा परेका छन्।

सोमवार पनि दुबई, दोहा र मनामासहितका सहरमा थप आक्रमण भए। इरानले कुवेत र हिन्द महासागरमा रहेका अमेरिकी एअर बेसमा आक्रमणका लागि १५ वटा क्रूज क्षेप्यास्त्र प्रयोग गरिएको जनाएको छ।

दुबईको होटेलसहित गैरसैनिक क्षेत्र पनि आक्रमणको निसाना बनेका छन्।

अमेरिका र उसका सहयोगीहरूले खाडी राष्ट्रहरूमा भएका आक्रमणको निन्दा गर्दै संयुक्त वक्तव्य जारी गरेका छन्।

सोमवार कुवेतमा तीन वटा अमेरिकी विमान खसालिएका थिए। तर आफ्नै तर्फबाट झुक्किएर भएको आक्रमणमा विमान खसालिएका अमेरिकी सेनाको दाबी छ।

युद्धले कसरी इन्धनको मूल्यमा प्रभाव पारिरहेको छ ?

मध्यपूर्वमा देखिएको अस्थिरताले विश्वभरिकै अर्थतन्त्रमा असर गरिरहेको छ। खास गरी खाडी क्षेत्रको संवेदनशील ऊर्जा उद्योग यसको मारमा पर्दा त्यसको असर अन्य देशहरूसम्म परेको छ।

इरानी आक्रमणका कारण कतारले एलपीजी ग्यासको उत्पादन रोकिएको बताएको छ। त्यसकारण सोमवार ग्यासको मूल्य ५० प्रतिशतले बढेको छ। ग्याससँगै तेलको मूल्य पनि बढेको छ।

इरानी ड्रोनले साउदी अरबको अर्को प्रशोधन केन्द्रमा पनि आक्रमण गरेको छ। त्यसपछि यो केन्द्र पनि आंशिक रूपमा बन्द भएको छ।

इरानले स्ट्रेट अफ हर्मुज भनिने खाडी क्षेत्र र हिन्द महासागरबीचको साँघुरो सामुद्रिक नाकामा पानीजहाज नचलाउन चेतावनी दिएको छ। इरानी सामुद्रिक सीमाको यो नाकाबाट विश्वको २० प्रतिशत तेल र ग्यास ओसारप्रसार हुन्छ।

युद्ध कति लम्बिन्छ ?

शनिवार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण ‘आवश्यक भए साताभरि नै निरन्तर रहने र नरोकिने’ बताएका थिए। तर त्यसयता भने उनले यसभन्दा लामो समयसम्म पनि जान सक्ने बताएका छन्।

आइतवार ट्रम्पले ‘न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै अमेरिका र इजरेलले एउटै स्तरमा चारदेखि पाँच सातासम्म आक्रमण जारी राख्ने बताएका थिए।

सोमवार ह्वाइट हाउसमा बोल्दै उनले भने, ‘हामीले सुरुबाटै चार सातासम्म जाने भनेका थियौँ, तर हामीसँग त्योभन्दा लामो समयसम्म पनि लैजाने क्षमता छ ।’

उनका अनुसार अमेरिका आफ्नो समय आकलनभन्दा ‘उल्लेख्य अगाडि’ छ।

पछि उनले अमेरिकासँग मध्यम र उच्चमध्यम किसिमका असीमित गोलाबारी रहेको बताएका थिए।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले सोमवार संवाददाताहरूको प्रश्नमा भने, ‘कति समय लाग्छ भन्ने मलाई पनि थाहा छैन। हाम्रा उद्देश्यहरू छन्। जति लागे पनि हामी गरेरै छोड्छौँ।

Latest News

पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA समाचार
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) का महासचिव अजीव भट्टले नेपाल सरकारले हालै सार्वजन...

2026 May 16 The Gorkhali Times
तास खेल्ने १३ जना पक्राउ समाचार
तास खेल्ने १३ जना पक्राउ

बाँकेको खजुरा मिनी पार्क एण्ड  रेष्ट्रोमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन्...

2026 May 16 The Gorkhali Times
वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व समाचार
वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ राजस्व सं...

2026 May 16 The Gorkhali Times
भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा समाचार
भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा

दिवंगत कांग्रेस नेता खुमबहादुर खड्का ले भ्रष्टाचारबाट आर्जन गरेको ठहर भएको ललितपुरको सानेपास्थित...

2026 May 16 The Gorkhali Times