ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
समाचार | 2026 May 16

पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA

The Gorkhali Times

पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) का महासचिव अजीव भट्टले नेपाल सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ग्रामीण पर्यटन, होमस्टे प्रवर्द्धन तथा पर्यटन ब्रान्डिङलाई विशेष प्राथमिकता दिएको बताएका छन्। नेपाल टेलिभिजनको कार्यक्रम ‘गन्तव्य नेपाल’ मा बोल्दै उनले सरकारले ५ हजार होमस्टेलाई “नेपाल होमस्टे ब्रान्ड” अन्तर्गत दर्ता तथा ब्रान्डिङ गरी अनलाइन बुकिङ प्रणालीमार्फत सञ्चालन गर्ने योजना सकारात्मक भएको उल्लेख गरे। तर, यस्ता योजना प्रभावकारी कार्यान्वयनमा निर्भर रहने उनको भनाइ थियो।

 उनले भिटोफ नेपालले पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा तीनै तहका सरकारसँग सहकार्य गर्दै ग्रामीण पर्यटन विकासमा काम गरिरहेको जानकारी दिए। हालसम्म संस्थाले ३२ वटा नमुना पर्यटकीय गाउँ घोषणा गरिसकेको भन्दै चित्लाङ र सिरुबारीजस्ता गन्तव्य सफल ग्रामीण पर्यटनको उदाहरण बनेको बताए। भट्टले ग्रामीण पर्यटनमा जनचेतनाको कमी, बजारिकरणको अभाव तथा पर्यटक सेवा व्यवस्थापन चुनौतीका रूपमा रहेको उल्लेख गरे।

उनले होमस्टे र होटल फरक अवधारणा भएको स्पष्ट पार्दै होमस्टेले स्थानीय संस्कृति, रैथाने खाना, जीवनशैली र मौलिक अनुभव प्रवर्द्धन गर्नुपर्ने धारणा राखे। साथै, नेपाललाई “देवभूमि” का रूपमा धार्मिक तथा आध्यात्मिक पर्यटनको केन्द्र बनाउन सकिने भन्दै पशुपतिनाथ, लुम्बिनी र मुक्तिनाथजस्ता गन्तव्यको प्रभावकारी प्रचार आवश्यक रहेको बताए। आगामी “नेपाल भ्रमण वर्ष २०८५” लाई लक्षित गर्दै नयाँ ग्रामीण गन्तव्य पहिचान, स्थानीय संस्कृति संरक्षण तथा रैथाने खानाको ब्रान्डिङमा भिटोफ नेपालले थप सक्रिय भूमिका खेल्ने उनले जानकारी दिए।

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times