ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
समाचार | 2026 May 16

भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा

The Gorkhali Times

भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा
भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा

दिवंगत कांग्रेस नेता खुमबहादुर खड्का ले भ्रष्टाचारबाट आर्जन गरेको ठहर भएको ललितपुरको सानेपास्थित डेढ रोपनीभन्दा बढी जग्गा अदालतको फैसलाको १४ वर्षपछि अन्ततः सरकारको नाममा आएको छ।

गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत २ वैशाखमा ललितपुर महानगरपालिका–२ सानेपास्थित एक रोपनी ६ आना एक पैसा एक दाम जग्गा सरकारको नाममा ल्याएको हो। विभागका निर्देशक सुभाष न्यौपानेका अनुसार सर्वोच्च अदालतको फैसलाअनुसार खड्काको नाममा रहेको उक्त कित्ता जफत प्रक्रिया पूरा गरिएको छ।

सर्वोच्च अदालतले ३० साउन २०६९ मा खड्काविरुद्ध भ्रष्टाचार मुद्दामा फैसला गर्दै स्रोत नखुलेको सम्पत्ति तथा त्यसबाट बढे–बढाएको सम्पत्तिसमेत जफत गर्न आदेश दिएको थियो। अदालतले खड्कालाई एक वर्ष ६ महिना कैद, ९४ लाख ७४ हजार रुपैयाँभन्दा बढी जरिवाना तथा अवैध सम्पत्ति जफत गर्ने फैसला गरेको थियो।

फैसलाअनुसार खुमबहादुरकी पत्नी शिला शर्मा खड्काको नाममा रहेको सानेपास्थित कित्ता नम्बर २४९ को जग्गा जफत गरिएको हो। तर, जग्गा सरकारको नाममा आए पनि हालसम्म खाली गराइएको छैन। खड्का परिवारले अहिले पनि उक्त जग्गा प्रयोग गरिरहेको बताइएको छ।

अदालतले अर्को कित्ता नम्बर १०७ र १८६ मा रहेको जग्गासमेत जफत गर्न आदेश दिएको भए पनि ‘बढे–बढाएको सम्पत्ति’ कसरी जफत गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नहुँदा प्रक्रिया अधुरै रहेको छ। अहिले सरकारले कानुन संशोधन गरी हालको बजार मूल्यांकनअनुसार सम्पत्ति जफत गर्ने तयारी अघि बढाएको छ।

त्यतिबेला सरकारी मूल्यांकनअनुसार करिब २० लाख ९२ हजार रुपैयाँमा खरिद गरिएको उक्त जग्गाको अहिले बजार मूल्य करोडौँ पुगेको बताइन्छ। यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा २० लाख ५६ हजार रुपैयाँ बुझाएर जग्गा फिर्ता दिने प्रक्रिया अघि बढाइएको थियो। तर विशेष अदालतले उक्त प्रक्रिया रोकिदिएको थियो।

सर्वोच्च अदालतले खड्काको मित्सुबिसी प्राडो गाडी, ३३ तोला सुन र २.९३ किलो चाँदीसमेत जफत गर्न आदेश दिएको थियो। तर ती सम्पत्ति हालसम्म जफत हुन सकेका छैनन्।

१४ वर्षपछि बल्ल अदालतको फैसला कार्यान्वयन हुन थालेपछि यो प्रकरण फेरि चर्चामा आएको छ। भ्रष्टाचार मुद्दामा भएको ढिलो कार्यान्वयन र कानुनी जटिलतामाथि समेत प्रश्न उठ्न थालेका छन्।

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times