ताजा समाचार
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA | तास खेल्ने १३ जना पक्राउ | वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व | भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा | आज बालेन शाह प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै | ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक | महिला टी–२० क्रिक्रेट : सिक्किम स्पोर्टिङ क्लब विजयी | मूल्य आकाशिएसँगै भियतनामले घटायो पेट्रोल–डिजेलमा लगाइएको कर | आज गगन थापाको अध्यक्षतामा काँग्रेसको बैठक बस्ने | थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने | पितृशोकमा रहेका ओलीलाई भेट्न किन गएनन् बालेन? | राष्ट्रिय महिला लिग आजदेखि | गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान | इरानविरुद्ध अमेरिकी-इजरायली सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको छ’ : ट्रम्प | ‘ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्छौँ’ |
राजनीति | 2026 Mar 11

१८ सिटमा गगनसँग कांग्रेसका १४, देउवासँग ४ सांसद, समानुपातिकमा देउवाको वर्चस्व हुँदा संसदीय दलको नेता को ?

The Gorkhali Times

१८ सिटमा गगनसँग कांग्रेसका १४, देउवासँग ४ सांसद, समानुपातिकमा देउवाको वर्चस्व हुँदा संसदीय दलको नेता को ?
१८ सिटमा गगनसँग कांग्रेसका १४, देउवासँग ४ सांसद, समानुपातिकमा देउवाको वर्चस्व हुँदा संसदीय दलको नेता को ?

भावी प्रधानमन्त्रीका दाबेदार घोषणा गरिएका सभापति गगन थापा नै पराजित भएपछि कांग्रेसमा संसदीय दलको नेता को हुन्छ भन्नेमा चासो देखिएको छ । प्रत्यक्षका १८ सिटमा सभापति थापानिकट १४ उम्मेदवार विजयी भएका छन् । पूर्वसभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र उपसभापति पूर्णबहादुर खड्कानिकट जम्मा चार जना मात्रै विजयी भएका छन् । 

कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिक २० गरी ३८ जना सांसद प्रतिनिधिसभामा पाउँदै छ । पार्टी दोस्रो भए पनि यसपटक सरकार बनाउने गरी र निर्णायक हुने मत कांग्रेससँग छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ मत ल्याउनबाट दुई सिटले मात्रै पछाडि रहेको छ । त्यसैले सरकार बनाउन कुनै निर्णायक शक्ति नै नरहेपछि कांग्रेस यसपटक रक्षात्मक मात्रै बन्दै छ । यद्यपि दोस्रो दल भएर प्रमुख प्रतिपक्षी दलको रूपमा कांग्रेस उभिएको छ । तर, उसको आकार पहिलाको रास्वपाभन्दा धेरे नै सानो छ । 

शीर्ष नेता पनि लगभग सबैले हारेको कारणले यसपटक संसदीय दलको नेतामा पनि पेचिलो दाबेदारी देखिएको छैन । बरु सिनियरमध्ये कसलाई बनाउने भन्ने निर्णय लिन अप्ठ्यारो परेको छ । पार्टी धेरै ठाउँमा हारेपछि सकेसम्म निर्वाचन नगरी सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्नुपर्ने मत कांग्रेसमा देखिएको छ । 

कांग्रेस नेता रामहरि खतिवडा पार्टीले हार व्यहोरेपछि निर्वाचनबाट नभई सहमतिमा संसदीय दलको नेता चयन गरी अगाडि बढ्नुपर्ने बताउँछन् । ‘नयाँले स्याबास, पुरानाले क्याबात भन्नेतिर जानुपर्छ । योपटक आँधीबेहरी आएको छ । कांग्रेस बदल्ने हो भने जनताको विश्वास बढाउन जरुरी देखियो । अब पनि झगडा गर्ने, दोष एकअर्कालाई लगाउने होइन । कांग्रेसमा बलियो एकता गरेर जाने हो,’ खतिवडा भन्छन्, ‘देशमा प्रजातन्त्रवादी शक्तिलाई एकजुट गराएर आन्तरिक रूपमा बलियो भएर कांग्रेस अगाडि बढ्नुपर्छ । संसदीय दलको निर्वाचन होइन, सहमतिमा नेता चयन गरेर अगाडि बढ्नुपर्छ ।’ 

प्रतिनिधिसभामा कुन समूहबाट को ? 

सभापति गगन थापा समूहबाट १८ मध्ये १४ जनाले जितेका छन् । फिरदोष आलम रौतहट– २, अभिषेकप्रताप शाह कपिलवस्तु– ३, खड्कबहादुर बुढा जाजरकोट, सन्दीप राना पाल्पा– १, बासना थापा दैलेख– १, मोहन आचार्य रसुवा, सन्तोस सुब्बा तेह्रथुम, भरत स्वार अछाम– १, प्रकाशसिंह कार्की सोलुखुम्बु, नरेन्द्र केरुङ पाँचथर १, जनकराज गिरी बाजुरा १, निश्कल राई इलाम र खड्ग शाही मुगु छन् । योगेश गौचन मुस्ताङ शेखर कोइरालानिकट हुन् । उनका बाबु रोमी गौचन थकाली लामो समय शेखरनिकटका नेता हुन् ।

तर, विशेष महाधिवेशनपछि उनले संस्थापननिकट भएर टिकट लगेको स्रोतको दाबी छ । शेखरनिकट भए पनि मुस्ताङबाट टिकट लगेयता उनी गगनलाई साथ दिने पक्षमा छन् । देउवा र शेखर समूहले समेत उनलाई आफ्नोतिर नराखेको एक नेताले जानकारी दिए । 

देउवा, शेखर र पूर्णबहादुरनिकटमा विष्णु खड्का सुर्खेत, टेकबहादुर गुरुङ मनाङ, जयपति रोकाया हुम्ला र भरतबहादुर खड्का डोटी रहेका छन् । प्रत्यक्षमा जितेका यी चार जना मात्रै संस्थापनइतर देखिएका छन् । इतरबाट जितेका हुम्लाका जयपति रोकाया देउवा र पूर्णबहादुरनिकटका हुन् । तर, उनी पनि गुटभन्दा माथि उठ्नुपर्ने पक्षमा रहेको बताउँछन् ।

‘कांग्रेस यतिखेर अप्ठ्यारो अवस्थामा छ । त्यसैले यो गुट वा त्यो गुट नभनी अगाडि बढ्नुपर्छ । पार्टी रक्षात्मक भएको बेला मिलेर एकअर्कालाई सहयोग गरेरै अगाडि बढ्नुपर्छ,’ शिलापत्रसँग कुरा गर्दै जयपतिले भने, ‘यो बेलामा संसदीय दलमा पनि निर्वाचन गराउन हुँदैन । सहमतिमा नेता चयन गरेर जाँदा नै उपयुक्त हुन्छ ।’ 

संस्थापननिकटका नेता मनोजमणि आचार्य पार्टी अप्ठ्यारोमा परेको बेलामा विभाजित नभई एक भएर संसदमा प्रस्तुत हुनुपर्ने बताउँछन् ।

‘सबैलाई थाहा छ । यसपटक कांग्रेसको पोजिसन राम्रो छैन । प्रत्यक्षको नतिजा आएर समानुपातिकको सिट संख्या पनि बाँडफाँटको नजिक छौँ । यस्तोमा अब संसदीय दलमा जो आए पनि बुझेको, योग्य र अनुभवी नेता छान्नुपर्छ भन्नेमा छौँ,’ आचार्यले भने, ‘यसपटक टिकटमा भागवण्डा गरिएको छैन, बेचिएको पनि होइन । स्वत:स्फूर्त टिकट दिइएको थियो । टिकटमा विभेद गरिएको छैन । समानुपातिक टिकटमा निवर्तमान सभापति शेरबहादुर देउवाको हस्ताक्षर छ । प्रत्यक्षमा गगन थापाले गर्नुभएको हो । त्यसैले दुवैतर्फबाट आउनुभएका सांसदले नेतृत्वलाई मानेर पार्टीको पक्षमा आवाज बुलन्द गर्नुहुन्छ । संसदीय दलमा जो आए पनि कांग्रेस बुझेका मान्छे आउनुहुन्छ ।’ 

प्रत्यक्षमा सभापति थापानिकटको वर्चस्व देखिँदा समानुपातिकतर्फ भने पूर्वसंस्थापन हावी हुँदै छ । विशेष महाधिवेशनबाट नेतृत्व नफेरिँदासम्म तत्कालीन सभापति देउवाले समानुपातिकमा आफ्नो वर्चस्व रहने गरी सूची निर्धारण गरेका थिए । त्यसैले कांग्रेसले पाउने २० मध्ये १३ देखि १५ जना समानुपातिक सांसद देउवा, शेखरपक्षबाट पर्ने देखिएको छ । 

यस्तोमा समानुपातिकमा देउवाको तर्फबाट १४ जना परे प्रत्यक्षका चार गर्दा १८ जना हुनेछन् । यस्तो भए संसदीय दलको निर्वाचन गर्दा पनि संसदीय दलमा सभापति पक्षबाट १४ र ६ गर्दा २० सांसद पुग्नेछन् । तर, समानुपातिकको अन्तिम सूचीअनुसार को कता पर्छन् भन्ने अझै टुंगो लागेको छैन । एक/दुई सांसदले गर्दा संसदीय दलमा कडा प्रतिस्पर्धा पनि हुन सक्नेछ । 

समानुपातिकमा २० पाउँदा कांग्रेसले यसपटक १५ जना महिलालाई सांसद बनाउनुपर्नेछ । समानुपातिकतर्फ आदिवासी जनजातितर्फबाट भीष्मराज आङ्देम्बे, अर्जुनरसिंह केसी सिनियर नेतामध्येका हुन् । संसदीय अनुभव भएको हिसाबले सांसद हुँदा केसी दलको नेता सर्वसम्मत रूपमा बन्न सक्ने पनि देखिन्छ । आङ्देम्बे जनजाति कोटाबाट भएकाले समानुपातिक सांसद हुँदै छन् । पहिलो नम्बरमा भएकाले नेता केसीको पनि सांसद बन्ने सम्भावना छ ।

नभए युवानेतालाई संसदीय दलको नेता बनाउनुपर्ने विषयसमेत कांग्रेसमा उठेको छ । ‘ठ्याक्कै यो विषयमा प्रवेश गरिसकिएको छैन । विपक्षी दलको नेता भनेको संसदमा प्रभावशाली हिसाबले बोल्नेदेखि संवैधानिक परिषद्‌मा जाने र अडान राख्न सक्ने हुनुपर्छ । सकेसम्म अनुभवी र सिनियरमध्येबाटै बनाउनुपर्छ भन्ने छ,’ सभापतिनिकट स्रोतले भन्यो, ‘नभए राजनीतिक समझ भएकोलाई बनाउँदा युवानेताबाट पनि लान सकिन्छ भन्नेमा छौँ ।’

पूर्वसंस्थापननिकट स्रोत जित्नेमध्ये टेकबहादुर गुरुङ, मोहन आचार्य र जनक गिरी पुराना नेता रहेको बताउँछ । ‘जित्नेमध्ये यिनै तीन नेता सिनियर हुन् । यस्तोमा अनुभवी पनि चाहिन्छ । अन्तिममा दुवैतिर इगो भयो र सांसद आफ्नोतिर पार्न सकिन्छजस्तो लागे मतदान पनि हुन सक्छ,’ एक नेताले भने, ‘किनकि विशेषबाट आएको नेतृत्वलाई पछाडि पार्न सकियो भने आफूहरूकै सान्दर्भिकता हुन्छ भन्ने सोचाइमा पूर्वसंस्थापन छ । यतिखेर रक्षात्मक बनेको संस्थापनलाई संसदीय दलको नेतामा हराउन सक्दा आफूहरूको राजनीतिक जित हुन्छ भन्ने पनि छन् ।’

साथै, पूर्वसंस्थापनभित्र पनि चुनाव नगरी सहमतिमा अगाडि बढ्नुपर्ने मत पनि छ । पूर्वसंस्थापननिकटका नेता गुरु बरालले पनि संसदीय दलमा प्रत्यक्षमा सभापतिनिकट र समानुपातिकमा पूर्वसंस्थापन निकटको वर्चस्व रहेको जानकारी दिए । 

‘पार्टीभित्र लफडा छ । गगनले नै जितेको भए पनि उहाँलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बनाउने अवस्था थिएन । यसपटक पार्टी कमजोर देखियो,’ बरालले भने, ‘प्रत्यक्ष र समानुपातिक हेर्दा दुवैको प्रतिस्पर्धा हुने सांसद संख्या देखिएको छ । प्रत्यक्षमा उहाँहरू हावी हुनुहुन्छ । समानुपातिक हाम्रो १३/१४ जना हुनेछन् । प्रत्यक्षमा पनि केही नखुलेका अनुहार छन् । त्यसैले अन्तिममा देउवाले भनेको मान्छे संसदीय दलको नेता हुन्छ भन्ने लागेको छ ।’

Latest News

पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA समाचार
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) का महासचिव अजीव भट्टले नेपाल सरकारले हालै सार्वजन...

2026 May 16 The Gorkhali Times
तास खेल्ने १३ जना पक्राउ समाचार
तास खेल्ने १३ जना पक्राउ

बाँकेको खजुरा मिनी पार्क एण्ड  रेष्ट्रोमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन्...

2026 May 16 The Gorkhali Times
वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व समाचार
वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ राजस्व सं...

2026 May 16 The Gorkhali Times
भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा समाचार
भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा

दिवंगत कांग्रेस नेता खुमबहादुर खड्का ले भ्रष्टाचारबाट आर्जन गरेको ठहर भएको ललितपुरको सानेपास्थित...

2026 May 16 The Gorkhali Times