ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
खेलकुद | 2026 Mar 09

घरेलु मैदानमा भारतलाई विश्वकपको उपाधि

The Gorkhali Times

घरेलु मैदानमा भारतलाई विश्वकपको उपाधि
घरेलु मैदानमा भारतलाई विश्वकपको उपाधि

घरेलु मैदानमा दशौँ संस्करणको आईसीसी टी-२० विश्वकपको उपाधि उचाल्दै भारतीय राष्ट्रिय क्रिकेट टोलीले नयाँ कीर्तिमान कायम राखेको छ।

 

आईतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले हराउँदै भारतले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकपको उपाधि उचालेको हो। 

न्युजिल्यान्डलाई हराउँदा भारतले घरेलु भुमिमा तीन कीर्तिमान आफ्नो नाममा गरेको छ। यस जितसँगै भारत आयोजकले विश्वकपको उपाधि जित्ने पहिलो टोली बनेको छ। 

यस्तै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्ने पहिलो टोली पनि बनेको हो। अहिलेसम्म विश्वकपको उपाधि कुनै पनि टोलीले लगातार जित्न सकेका छैनन्। 

भारत विश्वकपको तीन उपाधि उचाल्ने पहिलो टोली बनेको हो। भारतले यसअघि सन् २००७ र २०२४ को विश्वकपको उपाधि उचालेको थियो। 
इंग्ल्यान्डले सन् २०१० र २०२२ तथा वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को विश्वकप जितेका थिए। पाकिस्तानले सन् २००९, श्रीलंकाले सन् २०१४, अस्ट्रेलियाले सन् २०२१ मा विश्वकपको उपाधि जितेका थिए। 

आईतबार राति भारतले दिएको २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमा अलआउट भयो। न्युजिल्यान्डलाई कम स्कोरमा रोक्न जसप्रित बुमराहले ४ विकेट लिए। घातक बलिङ गरेका उनले आफ्नो स्पेलमा मात्र १५ रन खर्चे। 

अक्षर पटेलले ३ विकेट लिए। हार्दिक पाण्ड्या, वरुण चक्रवती र अविशेक शर्माले समान १ विकेट आफ्नो नाममा गरे। 

पहिलो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको न्युजिल्यान्डले फाइनलमा राम्रो प्रदर्शन गर्न सकेन। न्युजिल्यान्डका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा घरेलु टोलीसामु निरिह देखिए। टोलीका ३ ब्याटरबाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

न्युजिल्यान्डका लागि ओपनर टिम साइफेर्टले बनाएको ५२ रन नै सर्वाधिक रह्यो। उनले २६ बलमा २ चौका र ५ छक्का प्रहार गरे। 

कप्तान मिचेल सान्टनरले ३५ बलमा ३ चौका र २ छक्का सहयोगमा ४३ रन बनाए।  न्युजिल्यान्ड एक समय ८.१ ओभरमा ५-७२ को अवस्थामा थियो। 

फिन एलेन ९, रचिन रविन्द्र १, ग्लेन फिलिप्स ५ र मार्क चापमान ३ रनमा पेभेलियन फर्के। डार्ली मिचेले ११ बलमा २ छक्का सहयोगमा १८ रन थपे। 

त्यसअघि भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो। 

पहिलो विकेटका लागि ओपनर सञ्जु सामसन र अविशेक शर्माले ७.१ ओभरमा ९८ रनको साझेदारी गरेका थिए। आठौँ ओभरको पहिलो बलमा ओपनर अविशेक २१ बलमा ६ चौका र ३ छक्का सहयोगमा ५२ रन बनाउँदा रचिन रविन्द्रको बलमा क्याच आउट हुन पुगे। 

दोस्रो विकेटका लागि सञ्जु र इसान किसानले १ सय ५ रनको साझेदारी गरे। ओपनर सञ्जु ८९ रन बनाउँदा जिम्मी निसमको बलमा क्याच आउट नै भए। उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरे। 

जिम्मीले १५औँ ओभरमा लगातार तीन विकेट लिँदै भारतलाई दबाबमा राखेका थिए। २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका इसान किसान ५४ रन बनाउँदा जिम्मीको बलमा नै क्याच आउट भए। 

हार्दिक पाण्ड्या १८ रनमा पेभेलियन फर्के। शिवम दुवे २६ र तिलक बर्मा ८ रनमा अविजित रहे। 

न्युजिल्यान्डका लागि जिम्मी निसमले ३ विकेट लिए। म्याट हेन्री र रचिन रविन्द्रको नाममा समान एक विकेट रह्यो।

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times