ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
राजनीति | 2026 Mar 07

बालेनको जितमा नेपालकै विश्व रेकर्ड, बालेनका रेकर्डै रेकर्ड

The Gorkhali Times

बालेनको जितमा नेपालकै विश्व रेकर्ड, बालेनका रेकर्डै रेकर्ड
बालेनको जितमा नेपालकै विश्व रेकर्ड, बालेनका रेकर्डै रेकर्ड

काठमाडौं - प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा–५ बाट ऐतिहासिक जीत हासिल गर्दै संसदीय इतिहासकै सर्वाधिक मत ल्याएर सांसद बनेका छन्।

प्रधानमन्त्री पदका उम्मेदवारसमेत रहेका शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। परिणामअनुसार, शाहले ६८,३४८ मत ल्याए भने ओलीले मात्र १८,७३४ मत पाएका छन्।

यसअघि २०७४ को निर्वाचनमा झापा–५ बाट ओलीले ५७,१३९ मत ल्याएर जीत हासिल गरेका थिए भने दोलखाबाट एमालेका पार्वत गुरूङले ५५,३६१ मत ल्याएका थिए। २०८० को उपनिर्वाचनमा चितवन–२ मा रवि लामिछानेले ५४,१७६ मत ल्याएका थिए। शाहले तोडेको यो रेकर्ड नेपाली संसदीय निर्वाचनमा नयाँ माइलस्टोनको रूपमा देखिएको छ।

बालेन शाहका विशेष उपलब्धि

विश्वकै कान्छा प्रधानमन्त्री बन्ने सम्भावना, उमेर ३५

महानगर मेयरबाट सिधै संघीय संसदमा प्रवेश

राजनीतिमा अपराजित दोस्रो इनिङ्स

वैकल्पिक राजनीतिको आशावादी नेता, एकल दुई तिहाईको प्रधानमन्त्री बन्ने सम्भावना

परम्परागत राजनीतिमा चुनौती दिँदै चार वर्षभित्र संघीय सत्तामा जनअनुमोदित कब्जा

कम बोलेर कामको उदाहरण प्रस्तुत गर्दै जनविश्वास कायम

४० वर्षमुनिका युवाहरूबाट उल्लेख्य समर्थन

शाहको विजयले नेपाली राजनीतिमा नयाँ युगको संकेत गरेको विश्लेषकहरूको विचार छ। मतान्तर र युवा समर्थनको दृष्टिले यो परिणामलाई इतिहासमा ब्रेकथ्रुको रूपमा हेरिएको छ।

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times