ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
समाचार | 2026 Mar 04

ललितपुरमा प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण : चाँगाथलीमा हवाई फायर, झम्सीखेलमा कुटपिट

The Gorkhali Times

ललितपुरमा प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण : चाँगाथलीमा हवाई फायर, झम्सीखेलमा कुटपिट
ललितपुरमा प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण : चाँगाथलीमा हवाई फायर, झम्सीखेलमा कुटपिट

 ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा संलग्न कुल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीमा आइतबार राति गस्तीमा रहेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएको छ। प्रहरी प्रभाग लुभुबाट खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) लाई स्थानीय केही व्यक्तिहरूले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो।

आक्रमणबाट घाइते भएका प्रहरी कर्मचारीको इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरका २९ वर्षीय बुद्ध तामाङ (विकास), सल्यानका २० वर्षीय रमेश शाही र शंकर शाही, तथा रुकुमका २२ वर्षीय राजु मगर रहेका छन्। ललितपुर जिल्ला अदालतले उनीहरूलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

झम्सीखेलमा सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि लात्ता र मुक्का प्रहार

यसैगरी, शनिबार राति ललितपुर महानगरपालिका वडा नम्बर ३ सानेपा, झम्सीखेलस्थित द ग्रोभ रेष्टुरेन्ट बाहिर हो(हल्ला गरिरहेका युवाहरूलाई सम्झाउन खोज्दा प्रहरी नै कुटपिटको शिकार भएका छन्। मादक पदार्थ सेवन गरी सार्वजनिक सडकमा झगडा गरिरहेका समूहलाई प्रहरी प्रभाग सानेपाको टोलीले रोक्न खोजेको थियो।तर, सम्झाउन खोज्दा उल्टै आक्रोशित भएका ती व्यक्तिहरूले प्रहरीलाई अश्लील शब्द प्रयोग गर्दै लात्ता, मुक्का र लाठीले प्रहार गरेका थिए। कुटपिटबाट घाइते भएका प्रहरीको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले हुलहुज्जत र कुटपिटमा संलग्न ८ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध सात दिनको म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times