ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
खेलकुद | 2026 Feb 26

इंग्ल्यान्ड टी २० विश्वकपको सेमिफाइनलमा

The Gorkhali Times

इंग्ल्यान्ड टी २० विश्वकपको सेमिफाइनलमा
इंग्ल्यान्ड टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं।

इंग्ल्यान्ड जारी टी २० विश्वकपअन्तर्गत् सेमिफाइनलमा पुगेको छ । मंगलबार समूह २ को सुपर एटको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम चारको यात्रा तय गरेको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले १ सय ६५ रनको लक्ष्य दिएको थियो । जसलाई इंग्ल्यान्डले ८ विकेट गुमाएर अन्तिम ओभरको पहिलो बलमा भेटाएको थियो ।

इंग्ल्यान्डको जितमा कप्तान हेरी ब्रुकले शतक (१०० रन) प्रहार गरेका थिए । यो जारी प्रतियोगितामा चौथो शतक पनि हो । यो जितले इंग्ल्यान्डको २ खेलमा ४ अंक भएको छ ।

इंग्ल्यान्ड जारी प्रतियोगितामा सेमिफाइनलमा पुग्ने पहिलो टोलीसमेत बनेको छ । टोलीले यस समूहमा अन्तिम खेल न्युजिल्यान्डसँग खेल्नेछ । यसअघि टोलीले पहिलो खेलमा सहआयोजक श्रीलंकालाई हराएको थियो ।

पाकिस्तान समस्यामा

पाकिस्तानको भने यो हारले दुई खेलमा एक अंक मात्रै भएको छ । पाकिस्तान र न्युजिल्यान्डबीचको सुपर एटको पहिलो खेल वर्षाले रद्ध भएको थियो । साथै पाकिस्तानको सेमिफाइनलको यात्रा कठिन मोडमा पुगेको छ । टोली सेमिफाइनल पुग्न अन्य खेलको नतिजामा भर पर्नु पर्ने भएको छ । तर, यसको लागि पाकिस्तानले अन्तिम खेलमा श्रीलंकालाई हराउनु पर्छ । श्रीलंकालाई हराएपछि पाकिस्तानको ३ अंक हुनेछ । यसपछि अन्य खेलमा श्रीलंका र इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराउनु आवश्यक छ ।

खेलमा बनेका रेकर्डहरू

–इंग्ल्यान्डका कप्तान हेरी ब्रुकको १०० रन कप्तानद्वारा पुरुषको टी २० विश्वकपमा बनेको पहिलो शतक हो ।
–यो कप्तानको रूपमा टी २० विश्वकपको उच्चतम रन पनि हो । यसअघि २००९ को टी २० विश्वकपमा वेस्ट इन्डिजका कप्तान क्रिस गेलले भारतविरुद्ध बनाएको ९८ रन नै कप्तानले बनाएको उच्चतम थियो ।

–ब्रुक इंग्ल्यान्डका लागि टी २० विश्वकपमा शतक बनाउने पहिलो कप्तानसमेत बनेका छन् । यसअघि २०१९ को संस्करणमा इंग्ल्यान्डका लागि कप्तान आयन मोर्गानले न्युजिल्यान्डविरुद्ध ९१ रन बनाएको नै कप्तानको उच्चतम रन थियो ।

–ब्रुक टी २० विश्वकपमा पाकिस्तानविरुद्ध उच्चतम रन बनाउने ब्याटर पनि बने । यसअघि बंगलादेशका शकिब अल हसनले पाकिस्तानविरुद्ध २०१२ को संस्करणमा ८४ रन बनाएका थिए ।

–इंग्ल्यान्ड लगातार ५ संस्करणको टी २० विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ । यसअघि पाकिस्तान र श्रीलंका लगातार चार पटक सेमिफाइनल पुगेका थिए ।

–पाकिस्तानका बलर शाहीन शाह अफ्रिदी टी २० विश्वकपअन्तर्गत् पावरप्लेमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले १८ विकेट लिएका छन् । मंगलबारको खेलमा शाहीनले पावरप्लेमा इंग्ल्यान्डका ३ विकेट लिएर पाकिस्तानलाई राम्रो शुरुआत दिलाएका थिए ।

टी २० विश्व कपमा कप्तानद्वारा बनाइएका ५ उच्च रन

हेरी ब्रुक (इंग्ल्यान्ड) १०० पाकिस्तानविरुद्ध २०२६

क्रिस गेल (वेस्ट इन्डिज) ९८ भारतविरुद्ध २००९

लार्कन टकर (आयरल्यान्ड) ९४ ओमानविरुद्ध २०२६

रोहित शर्मा (भारत) ९२ अस्ट्रेलियाविरुद्ध, २०२४

क्रिस गेल (वेस्ट इन्डिज) ८८ अस्ट्रेलियाविरुद्ध, २००९

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times