ताजा समाचार
कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क | पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA | तास खेल्ने १३ जना पक्राउ | वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व | भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा | आज बालेन शाह प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै | ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक | महिला टी–२० क्रिक्रेट : सिक्किम स्पोर्टिङ क्लब विजयी | मूल्य आकाशिएसँगै भियतनामले घटायो पेट्रोल–डिजेलमा लगाइएको कर | आज गगन थापाको अध्यक्षतामा काँग्रेसको बैठक बस्ने | थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने | पितृशोकमा रहेका ओलीलाई भेट्न किन गएनन् बालेन? | राष्ट्रिय महिला लिग आजदेखि |
समाचार | 2026 Feb 25

निर्वाचन प्रचारका नाममा भित्तेलेखन गरे २५ हजार जरिवाना

The Gorkhali Times

निर्वाचन प्रचारका नाममा भित्तेलेखन गरे २५ हजार जरिवाना
निर्वाचन प्रचारका नाममा भित्तेलेखन गरे २५ हजार जरिवाना

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा कुनै पनि उम्मेदवार वा राजनीतिक दलका पक्षमा भित्तेलेखन गर्न नहुने बताएको छ।  विभिन्न स्थानमा निर्वाचन प्रचारका लागि भित्तामा लेख्न थालिएको भन्दै आयोगले यस्तो कार्य नगर्न आग्रह गरेको हो।

आयोगका अनुसार भित्तेलेखन लगायत आचारसंहिता उल्लंघन गर्ने व्यक्तिलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले अधिकतम २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने जनाएको छ ।  आयोगले तोकेको आकार र रङ्गको सामान्य पर्चा वितरण गर्न बाहेक कुनै प्रकारका पोस्टर, भित्तेलेखन, ब्यानर, डिजिटल डिस्प्ले छाप्न, प्रयोग गर्न वा गराउन नपाइने जनाएको छ।  

त्यसैगरी धार्मिक, पुरातात्त्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा अन्य संरचनामा कुनै पर्चा टाँस्न वा लेख्न पनि निषेध गरिएको छ। निर्वाचन प्रचारका लागि आयोजना गरिने सभा वा भेलाबाहेक अन्य स्थानमा साउण्ड सिस्टम प्रयोग गर्न नपाइने समेत आयोगको भनाई छ ।  

यस्तैगरी मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा सभा, जुलुस, नाराबाजी वा अन्य कुनै प्रकारको प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको छ।  

उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पर्ने गरी प्रचारप्रसार गर्न नहुने पनि आयोगले स्पष्ट पारेको छ।  

Latest News

कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? अर्थतन्त्र
कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४...

2026 May 30 The Gorkhali Times
कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? समाचार
कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ?

सरकारले सरकारी कर्मचारी तथा शिक्षकको तलब समग्रमा २१ प्रतिशतले वृद्धि गर...

2026 May 30 The Gorkhali Times
यी वस्तुमा बढ्यो अन्तःशुल्क अर्थतन्त्र
यी वस्तुमा बढ्यो अन्तःशुल्क

काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी...

2026 May 30 The Gorkhali Times
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA समाचार
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) का महासचिव अजीव भट्टले नेपाल सरकारले हालै सार्वजन...

2026 May 16 The Gorkhali Times