ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
खेलकुद | 2026 Feb 25

एन्फाको प्रतिक्रियाप्रति खेलाडी संघको असन्तुष्टि

The Gorkhali Times

एन्फाको प्रतिक्रियाप्रति खेलाडी संघको असन्तुष्टि
एन्फाको प्रतिक्रियाप्रति खेलाडी संघको असन्तुष्टि

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि नेपाली फुटबलको प्रशासकीय निकायको प्रतिक्रियाबारे फुटबल खेलाडी संघले असन्तुष्टि व्यक्त गरेको छ।

नेपाल फुटबल खेलाडी संघले मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुगेर सावित्राको उपचारमा बेवास्ता गरेको भन्दै एन्फाको आलोचना ग¥यो। उनीहरूले सोमबार एन्फाद्वारा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उपचारसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

 राष्ट्रिय लिगमा सहभागी टोली फ्रेन्ड्स क्लबका खेलाडीले पनि एन्फाको कार्यशैलीप्रति विरोध जनाउने प्रयास गरेका थिए। उनीहरूले कालोपट्टी लगाएर खेल खेल्ने प्रयास गरे पनि एन्फाले रोकेको थियो।

सावित्राले एसिएलको शल्यक्रियाका लागि भावुक स्ट्याटस लेख्दै सोमबार आर्थिक सहयोगको अपिल गरेकी थिइन्। घुँडाको शल्यक्रियाका लागि आर्थिक रकम पनि पूरा भएको भन्दै सावित्राले थप आवश्यक नपर्ने भन्दै रकम नराख्न सामाजिक सञ्जालबाट आह्वान पनि गररिसकेकी छन्।

फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा, राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जन र गोलकिपर विशाल श्रेष्ठ लगायतले पम्प्लेट देखाउँदै एन्फाको विरोध जनाएका थिए। लामा र महर्जनले एन्फा नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै प्रश्न उठाएका छन्। उनीहरूले चुनावका बेला ‘खेलाडी हाम्रा सम्पत्ति हुन्’ भन्ने नारा लगाउने पदाधिकारीहरू आज खेलाडी पीडामा हुँदा मौन बसेको आरोप लगाए।

खेलाडीको उपचारका पाँच लाख रुपैयाँ मात्र दिनु अपमानजनक रहेको उनीहरूको भनाइ छ। एन्फाको खर्च प्रणालीमाथि प्रश्न उठाउँदै विदेश भ्रमण, मुद्दा मामिला र अन्य शीर्षकमा ठूलो रकम खर्च गर्न सक्ने एन्फा खेलाडीको उपचारमा किन पछि हट्यो भन्ने प्रश्न गरेका छन्।

उनीहरूले खेलाडी अक्षयकोषको अवस्थाबारे पनि स्पष्टता माग गरेका छन्। स्ट्याटसको अन्त्यमा उनीहरूले सावित्राको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ‘तिमी एक्लो छैनौ, हामी तिम्रो साथमा छौं’ भन्दै ऐक्यबद्धता जनाएका छन्। घुँडाको शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर (एक करोड १५ लाख) आवश्यक पर्ने सावित्राको भनाइ छ।

एक महिनाअघि अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्रालाई घुँडाको गम्भीर चोट लागेको थियो। उनको घुँडाको एसिएल ग्राफ्ट च्यातिएको छ। यस कारण उनी कम्तीमा पनि ९ महिना मैदानबाहिर रहनेछिन्।

पाँच लाख सहयोगको निर्णय

यसैबिच के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

उनको घुँडामा गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको भन्दै सार्वजनिक रूपमा सहयोगको अपिल गरिएपछि कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

 
 

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times