ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
समाचार | 2026 Feb 25

रुपन्देही-२ : एमाले र रास्वपाको मत काटिने, काँग्रेस उम्मेदवारतिर मतदाता आकर्षित

The Gorkhali Times

रुपन्देही-२ : एमाले र रास्वपाको मत काटिने, काँग्रेस उम्मेदवारतिर मतदाता आकर्षित
रुपन्देही-२ : एमाले र रास्वपाको मत काटिने, काँग्रेस उम्मेदवारतिर मतदाता आकर्षित

काठमाडौं । फागुन २१ गते हुने चुनावका लागि रुपन्देही २ चर्चामा रहेको छ । हेब्बी वेटका नेताहरुबीचको भिडन्तले यस क्षेत्रको चुनावी माहोल अझ बढेको हो । 

यस क्षेत्रलाई हट सिटको रुपमा हेरिएको छ । नेपाली काँग्रसबाट चर्चित उद्योगी तथा समाजसेवी चुन्ना प्रसाद शर्मा पौडेल र ८ पटक मन्त्री बनेका नेकपा एमालेबाट विष्णु प्रसाद पौडेल लगायतका उम्मेदवारले गर्दा पनि यस क्षेत्रलाई हट सिटका रुपमा हेरिएको छ । शर्मा यशोद फुड्सका अध्यक्ष हुन् । ८ पटक देशको मन्त्री बनेका पौडेल भने ५ पटक अर्थमन्त्री बनिसकेका व्यक्ति हुन् । 

१ लाख ३५ हजार मतदाता रहेको रुपन्देही २ मा विभिन्न पार्टी र स्वतन्त्र गरी कुल ३९ जनाले उम्मेदवारी दिएका छन् । जहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । खासगरी यस क्षेत्रमा नेपाली काँग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

के भन्छन् रुपन्देही २ का मतदाता ? 

यस क्षेत्रका मतदाता एमाले नसुर्धिएको र रास्वपा सामाजिक सञ्जालमा मात्रै केन्द्रित रहेकाले यस क्षेत्रमा नेपाली काँग्रेस तर्फ आकर्षण भएका छन् । ८ पटक मन्त्री बन्दा पनि यस क्षेत्रको विकास नगरेको, जेनजी आन्दोलनपछि पनि नसच्चिएको, पराम्परागत रुपमा नै अघि बढेको, पटक पटक एउटै अनुहार मात्रै उम्मेदवार रहेको र विगतका बाचा पुरा नगरेको भन्दै एमालेप्रति मतदाताले आक्रोश व्यक्त गरेका छन् । 

यस्तै, नेपाल कम्यूनिष्ट पार्टीका विश्व दिपले पनि यसै क्षेत्रबाट उम्मेदवारी दिएका छन् । उनले एमालेको धेरै मत काटने सम्भावनाले पनि यस पटक यस क्षेत्रमा एमालेका उम्मेदवार विष्णु पौडेल हार्ने सम्भावना रहेको देखिन्छ ।

देशभरी सुनामी ल्याउने दाबी सहित निर्वाचनमा होमिएको रास्वपाले सामाजिक सञ्जालमा मात्रै सुनामी ल्याउने यस क्षेत्रका मतदाताको दाबी छ । सामाजिक सञ्जालमा मात्रै सिमित भएको, यस क्षेत्रमा आधिकारीक रुपमा रास्वपाको समर्थक मतदाता नै नरहेको, उम्मेदवारी चयनमा पार्टीले आफ्नै सिद्धान्तलाई लल्याएका कारण बाँकी रहेका समर्थक पनि भड्किएका कारण यस क्षेत्रमा चुनाव जित्न रास्वपालाई धेरै ने कठिन हुनेछ। 

त्यसैगरी, स्थानीय व्यक्तिलाई उम्मेदवार नबनाएका कारण पनि यस क्षेत्रमा मतदाताले रास्वपालाई नरुचाएको देखिन्छ । यता, जेनजीको जुत्ता लिएर चुनावमा होमिएका डा. कमल भुसाल (निकोलस) लाई जेनजी र नयाँ पुस्ता मतदाताले भोट दिन उत्साहित भएका छन् । यसले गर्दा नयाँ पार्टीको रुपमा आएको रास्वपाको भोट भुसालले काट्दा सुलभ खरेललाई जित निकाल्न कठिन हुने देखिन्छ ।

विशेषगरी जेनजी आन्दोलनपछि नेपाली काँग्रेस बदलिएको छ । नेतृत्वमा पनि युवा नेता गगन थापा पुगेका छन् । जसले गर्दा काँग्रसप्रति जनताको भरोसा बढेको छ । गगनको नेतृत्वमा काँग्रेस एक ढिक्का भएर चुनावमा होमिएको छ । र यस क्षेत्रमा पनि काँग्रेसले अन्तराष्ट्रिय स्तरमा प्रतिष्ठा कमाएका उद्योगिलाई चुनावमा अघिसारेका कारणले पनि यस क्षेत्रमा मतदाता रुखमा भोट हाल्न उत्साहित बनेका छन् ।

विभिन्न उद्योग, कलकारखाना, अस्पताल तथा शैक्षिक प्रतिष्ठानको सफल र सक्षम नेतृत्व गरेका व्यक्ति चुन्ना प्रसाद शर्मालाई काँग्रेसले उम्मेदवार बनाएको प्रति मतदाता खुसि भएका छन् । रुपन्देही २ लाई मुख्य कर्मभुमि बनाएका शर्माले विगत ३ दशकदेखि यस क्षेत्रका जनतालाई रोजगारीको अवसर श्रृजना गरेका कारण पनि रुखमा मतदान गरेर उनलाई जिताउँनुपर्ने मतदाताको भनाई छ ।

अधिकांश पेशागत संघ संस्थाले पनि पूर्ण रुपमा शर्मालाई समर्थन गरेका छन् । शर्माले यस क्षेत्रको अधिकांश टोलमा मठ मन्दिर निर्माण, गौशाला व्यवस्थापन खेलकुदको विकासमा योगदान गरेका छन् । धेरै परिवारका सदस्यलाई शैक्षिक तथा स्वस्थ्य उपचारमा सहयोग गरेको लगायत सामाजिक सेवाले मतदाता सकारात्मक देखिएका छन् । 

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times