ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
राजनीति | 2026 Feb 24

तत्कालीन गृहमन्त्री रवि लामिछानेले गरेको राष्ट्रिय परिचयपत्र सम्बन्धी निर्णय खारेज

The Gorkhali Times

तत्कालीन गृहमन्त्री रवि लामिछानेले गरेको राष्ट्रिय परिचयपत्र सम्बन्धी निर्णय खारेज
तत्कालीन गृहमन्त्री रवि लामिछानेले गरेको राष्ट्रिय परिचयपत्र सम्बन्धी निर्णय खारेज

सरकारले राष्ट्रिय परिचयपत्रबारे पूर्वगृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ । 

आज सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बसेको क्याबिनेट बैठकले राष्ट्रिय परिचयपत्र सम्बन्धी लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज गरेको हो । बैठकले परिचयपत्रको ठेक्का पाउने कम्पनीलाई दिएको इजाजत पनि रद्द गरेको छ । 

राष्ट्रिय परिचयपत्रका लागि नागरिकबाट संकलन गरिएका तथ्याङ्क निजी कम्पनीलाई दिने गरी तत्कालीन गृहमन्त्री लामिछानेले सार्वजनिक खरिद ऐन विपरीतका मापदण्ड राखेर  कार्यविधि ल्याएका थिए । त्यसको चौतर्फी बिरोध भइरहेका बेला क्याबिनेट बैठकले यस्तो निर्णय गरेको हो । सरकारले लामिछानेको उक्त निर्णयमाथि छानबिन अघि बढाउने भएको छ । 

क्याबिनेट बैठकको निर्णय जानकारी गराउँदै सरकारका प्रवक्तासमेत रहेकी सूचना प्रविधि एवम् सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रिय परिचय पत्रबारे भएको निर्णय खारेज गरिएको बताउनुभयो । कार्यविधि खारेज गर्दै एड्भान्टेज इन्टरनेसनल प्रालिलाई दिइएको इजाजत रद्द गर्ने र सबै काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । 

‘गृह मन्त्रालयअन्तरर्गतको त्यो कार्यविधिलाई खारेज गर्ने निर्णय भएको छ । यो किन र के कारणले भयो भन्ने बारेमा छानबिन गर्न समिति गठन गर्ने निर्णय पनि भएको छ’, मन्त्री शर्माले भन्नुभयो ।  

यसअघि लामिछानेले गृहमन्त्री बनेको तीन दिनमै कार्यविधि जारी गरी ७ दिनको समय दिएर बोलपत्र आह्वानको स्वीकृति दिएका थिए । साथै, प्रचलित खरिद ऐनको अवज्ञा गरी कानूनविपरित एक मात्र कम्पनीलाई ठेक्कामा सामेल गरिएको थियो ।  

आजको क्याबिनेट बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय पनि गरेको छ । भूउपयोग नियमावली पहिलो संशोधन नियमावली ७९ स्विकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times