ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
अर्थतन्त्र | 2026 Feb 24

गभर्नर फोटो खिचाउँदै,कर्मचारीहरु चित्त दुखाउँदै

The Gorkhali Times

गभर्नर फोटो खिचाउँदै,कर्मचारीहरु चित्त दुखाउँदै
गभर्नर फोटो खिचाउँदै,कर्मचारीहरु चित्त दुखाउँदै

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेल घुमघाममा व्यस्त छन् । गत साता मोरङको रंगेली पुगेका उनी आज सुर्खेतबाट सल्यान जाने क्रममा राउटे बस्तीमा पुगेर फोटो खिचाए ।

रंगेलीमा नक्कली नोटको पहिचान बताउन पुगेका उनी प्रायः मध्य पहाडी लोकमार्ग हुँदै पूर्व पश्चिमका जिल्लातिर पुगिरहन्छन् । बैंकको कार्यक्रममा विदेश भ्रमण पनि उनको व्यस्तताभित्र पर्ने गरेको छ । अघिल्लो महिना श्रीमती र सानी छोरीसहित साताव्यापी बिदा मनाउन दुबई पुगेका थिए । 

बैंकका दुबै जना डेपुटी गभर्नरको पाँच वर्षे कार्यकाल फागुन २४ गते सकिँदैछ । पौडेल जेठमा गभर्नर नियुक्त भएपछि आफूसँगै डेपुटी गभर्नरहरुको विदेश भ्रमणले रेकर्ड ब्रेक गरेको पछाडि पारिएका भनिएका कार्यकारी र निर्देशकहरुको निचोड छ । 

सरकारले छ महिनाअघि घोषणा गरेको चुनाव मितिलाई गभर्नर र डेपुटीहरुले बेवास्ता गरेका कारण मंसिरमै हुनुपर्ने कतिपय कर्मचारीको बढुवा कम्तीमा पाँच महिना पछाडि धकेलिएको छ । बेलैमा निर्देशकमा बढुवा हुनबाट वञ्चित एकजना उपनिर्देशकले जनआस्थासँग भने, ‘गभर्नरलाई कर्मचारीको बढुवा,सरुवाको चुरो कुरो नै थाहा छैन जस्तो लाग्यो । चुनाव घोषणापछि डेपुटीहरुझैँ गभर्नर पनि विदेश भ्रमणमा व्यस्त भएपछि आचारसंहिता अगावै गर्नुपर्ने प्रशासनिक निर्णयको बिजोग भयो ।’

यसबीच सहायक निर्देशकबाट उपनिर्देशकमा गरिने आन्तरिक मूल्यांकन बढुवामा २०५३ सालमा सेवा प्रवेश गरेका सहायक र नगद सहायकलाई बढुवा नगर्ने उद्देश्यले पनि यो प्रक्रियालाई पछाडि धकेलेको एकथरीको दावी छ । भन्छन् ‘गभर्नर पौडेल निकटस्थहरुले उनको हवाला दिँदै पुरानालाई बढुवा नगरिने भनी गरेको हल्लाले बैंकको कार्यवातावरण बिथोलेको छ ।’

माघ पहिलो सातादेखि फागुन २१ गतेसम्म निर्वाचन आचारसंहिता लागेकाले निजामतीमा झैँ केन्द्रीय बैंकका कर्मचारीको सेवा,सुविधा निर्णय सबै रोकिएको छ । २५ गते बिहान मन्त्रिपरिषदबाट डेपुटीहरु नियुक्त हुन नसकेको अवस्थामा त्यसपछि तत्काल कुनै पनि निर्णय हुन सक्ने अवस्था छैन । 

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times